संखुवासभा कारागारमा कैदीबन्दीबीच झडप, दुई जनाको मृत्यु
प्रकाशित:
२०८०, २४ श्रावण
काठमाडौं, २४ साउन । संखुवासभाको खाँदबारी कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा दुई जनाको मृत्यु भएको छ । झडपबाट नुवाकोट ककनी–७ का आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगीको मृत्यु भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले अनुसार आज बिहान करिब दुई बजेतिर शौचालयको रड काटेर भाग्ने खोज्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर फेरि जेलमै राखेको थियो ।
बिहान करिब पाँच बजेतिर कारागारमा हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि जेलरसहितको टोली त्यहाँ पुगेर हेर्दा दुई जना गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।
उनीहरुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको घिमिरेले बताए । बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार