३ महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा, प्रचण्ड सात वटै प्रदेशको ७ वडामा जाने
अखबार टुडे
प्रकाशित:
२०८०, २१ श्रावण

काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ निर्णय गरेको हो ।

भदौ १६ देखि मङ्सिर १५ गतेसम्म सञ्चालन हुने अभियानमा माओवादीका सबै नेता नागरिकको घरघरमा परिचालन हुने पार्टीले जनाएको छ । अभियानअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सात वटै प्रदेशका सात वटा वडामा गएर नागरिकसँग प्रत्यक्ष साक्षात्कार गर्ने योजना छ ।

बैठकमा अध्यक्ष प्रचण्डले एउटा पनि घर नछाडिकन अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । अरू पार्टीका नेता कार्यकर्ताको घरमा गएर पनि माओवादीको भ्रष्टाचार विरोधी र विकासको अभियानबारे बुझाउन पनि प्रचण्डको निर्देशन छ ।

प्रतिक्रिया