अस्ट्रेलियामा नौं वर्षपछि पक्राउ परे ९१ बालिकालाई बलात्कार गर्ने आरोपी
अखबार टुडे
प्रकाशित:
२०८०, १७ श्रावण

काठमाडौं, १७ साउन (एजेन्सी) । अस्ट्रेलियामा ९१ जना बालिकालाई बलात्कार गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्तलाई र्नौ बर्षपछि पक्राउ गरिएको हो ।

अस्ट्रेलियाको कानुन अनुसार अभियुक्तविरुद्ध विभिन्न श्रेणीमा मुद्दा दायर गरिएको छ । अब आरोपीलाई २१ अगस्टमा ब्रिस्बेन अदालतमा पेस गरिने छ । प्रहरीले उनलाई अनुसन्धानका लागि अन्य देशमा लैजान सक्ने अनुमान गरिएको छ ।

उनको नाम भने खुलाइएको छैन । उनी देशका तीन सहरमा चाइल्ड केयर अफिसर भएको मात्रै जानकारी दिइएको छ । मिडिया रिपोर्टका अनुसार अस्ट्रेलियाली मिडियाक अभियुक्तविरुद्ध कुल १६२३ यौन अपराध दर्ता भएका छन् । यसमा चाइल्ड केयरका ९१ बालिकाको बलात्कारको आरोपसमावेश छ । यी सबै पीडितको उमेर १० वर्षभन्दा कम छ ।

विभिन्न यौन अपराधमा दर्ता भएका मुद्दा अनुसार यी पूर्व चाइल्ड केयर अफिसरले कुल २४६ पटक बलात्कार गरेका छन् । यस क्रममा ६ सय १३ वटा चाइल्ड पोर्न भिडियो बनाए । प्रहरीका अनुसार यी सबै अपराध सन् २००७ देखि २०२२ सम्म तीन सहरका १२ चाइल्ड केयर सेन्टरमा भएका थिए ।

मिडिया रिपोर्टका अनुसार प्रहरीले पहिलो पटक सन् २०१४ मा यसको सुराग पाएको थियो । तर, उनी अहिले मात्रै पक्राउ परेका हुन् । आरोपीबाट हजारौँ चाइल्ड पोर्नोग्राफी भिडियो, फोटो र केही रिल्स भेटिएका छन् । हालसम्मको अनुसन्धान अनुसार पीडित मध्ये ८७ बालबालिका अस्ट्रेलियाली भएको बताइएको छ ।

प्रतिक्रिया