विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, १७ श्रावण

काठमाडौं, १७ साउन । विवादास्पद अभिव्यक्ति दिएका अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । उनलाई बुधबार विहान पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेको थियो । तर उनलाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रदर्शन हुँदै आएको थियो । बुधबार मात्रै उनलाई पक्राउ गर्नुपर्ने माग राख्दै परिसर अगाडि नेपाल मगर संघ र नेपाल तामाङ संघले प्रदर्शन गरेको थियो । प्रदर्शन एवं प्रहरीमाथि ढुंगामुढा गर्ने २८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया