कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
प्रकाशित:
२०८०, १६ श्रावण

विराटनगर, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
