विना विभागीय बनाइएका मधेश प्रदेशका २ मन्त्रीले दिए राजीनामा
प्रकाशित:
२०८०, १५ श्रावण

काठमाडौं, १५ साउन । मधेश प्रदेश सरकारबाट एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालय खोसेर विना विभागीय मन्त्री बनाइएका जनमत पार्टीका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले राजीनामा दिएका हुन् ।
कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए । त्यसयता दुवै जना विना विभागीय मन्त्री थिए ।
दुवैलाई हटाएर अब हुने मन्त्रिपरिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधित्व गर्न मञ्जु खंगलाई पठाउने तयारी जनमतले गरेको छ । आज मधेश सरकारले छैटौं पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
पूर्वबाट भित्रियो मनसुन, संखुवासभामा १२४.६ मिलिमिटर वर्षा
रास्वपाको प्रथम महाधिवेशन आजदेखि, चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दावी
मच्छिन्द्रनाथको भोटो आज देखाइँदै, यस्तो छ भोटो जात्राको किम्वदन्ती
कुन्हा र भिनिसियसको गोलमा ब्राजिलको शानदार जित
विश्वकप २०२६ : मेसी, एम्बाप्पे र हालाण्ड चम्किँदा चुके रोनाल्डो !
