कलाकार सारूकको सुसाइड नोट : इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु
प्रकाशित:
२०८०, १४ श्रावण

काठमाडौं, १४ साउन । आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ । ताम्राकारले आत्महत्या गर्नुअघि आफ्नो मोबाइलमा सुसाइड नोट लेखेको भेटिएको हो ।
घरैमा मृत भेटिएका उनको फोन अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । उक्त ल्याबको रिपोर्टबाट सुसाइड नोट फेला परेको हो ।
सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उल्लेख गरेको प्रहरीले बताएको छ । उनको नोटमा भेटिएको छ, ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो। लेट मि रेष्ट इन पिस, धन्यवाद।’
सारुक गत असार २१ गते, बिहीबार साँझ काठमाडौंको रातोपुलस्थित आफ्नो घरमा मृत फेला परेका थिए । उनी मृत भेटिनुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
