२२ प्रहरीलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालयको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०८०, १० श्रावण

काठमाडौं, १० साउन । सम्पर्कविहीन २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

गैरहाजिरी रहेका एकजना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवानलाई सात दिनभित्र सम्पर्कमा आउन प्रधान कार्यालयले निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ पनि दिन भनेको छ ।

प्रतिक्रिया