अविरल वर्षातका कारण दाङको देउखुरी क्षेत्र डुबानमा
प्रकाशित:
२०८०, ९ श्रावण

काठमाडौं, ९ साउन । अविरल वर्षातका कारण दाङको देउखुरी क्षेत्रको अधिकांश भाग डुबानमा परेको छ । रातिदेखि परेको वर्षातका कारण देउखुरीको गढवा, राप्ती राजपुर र लमहीका धेरै भाग डुबानमा परेको हो ।
उत्त क्षेत्र डुबानमा परे पनि हालसम्म मानवीय क्षति भने भएको छैन । डुबान परेका घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल अर्जुन खोला रिर्जव गणका एसपी पुरन भट्टका अनुसार डुबान परेको क्षेत्रमा उद्धारका लागि जनशक्ति परिचालन गरिएको छ । यी क्षेत्रमा डुबानमा परे पनि विस्तृत विवरण आउन सकेको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
