सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट
प्रकाशित:
२०८०, ३ श्रावण
काठमाडौं, ३ साउन । सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु अनिल आचार्य, राधिका खतिवडा, नन्दराज उपाध्याय र श्याम बहादुर ढकालले सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाश शरण महत र सभामुख देवराज घिमिरेलाई विपक्षी बनाइएको छ ।
संसदको काम नीति बनाउने भएपनि विकासका नाममा कार्यकर्तालाई पैसा बाढ्न यो कार्यक्रम ल्याइएको दाबी रिटमा गरिएको छ । रिक्त रिटको साउन ४ गतेका लागि पेशी समेत तोकिएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार