चीनमा २५ विद्यार्थीलाई विष खुवाउने एक शिक्षकलाई दिइयो मृत्युदण्ड
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ असार

बेइजिङ, ३१ असार (एजेन्सी) । चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ । आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको थियो ।

यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो । चार वर्ष पुरानो घटना चीनको हेनान प्रान्तमा भएको थियो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार विषाक्त खाएकामध्ये २४ बालबालिका उपचारपछि निको भएको थियो । तर एक बालकको अवस्था भने निरन्तर बिग्रँदै गएपछि १० महिनाको उपचारपछि उनको मृत्यु भएको थियो ।

यसअघि महिला शिक्षिकाले पनि श्रीमानलाई विष खुवाएर घाइते बनाएकी थिइन् । यद्यपि शिक्षिकाले यो सबै किन गरिन् भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया