प्रतिनिधिसभा बैठक फरी स्थगित
अखबार टुडे
प्रकाशित:
२०८०, २४ असार

काठमाडौं, २४ असार । आइतबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अपराह्न ३ बजेका लागि सारिएको थियो ।

तर निर्धारित समयमा बस्न नसकेपछि बैठक स्थगीत भएको हो । अब भोली सोमबार दिउँसो ३ बजे बस्नेगरी निर्धारण गरिएको सभामुखले सूचना मार्फत जानकारी गराएका छन् । यसअघि प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकले बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध हटाउने सहमति भएको थियो ।

प्रधानमन्त्री प्रचण्डको पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउने सहमति भएको थियो । तर बैठक भने बस्न नसकेको हो ।

प्रतिक्रिया