ललिता निवास प्रकरण : संगठित अपराधमा पनि अनुसन्धान अघि बढ्यो
अखबार टुडे
प्रकाशित:
२०८०, १९ असार

काठमाडौं, १९ असार । ललिता निवास जग्गा प्रकरणको मुद्दा संगठित अपराधमा रूपान्तरण भएको छ । मंगलबार सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा सरकारी लिखत किर्तेमा प्रारम्भिक अनुसन्धान भएको उक्त मुद्दालाई संगठित अपराधमा रूपान्तरण गरी म्याद थपका लागि माग गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका ९ जनालाई नै संगठित अपराधमा थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएसँगै संगठित अपराधमा रुपान्तरण भएको हो । संगठित सरकारी लिखत किर्तेमा मुद्दा रूपान्तरण भएसँगै अब प्रहरीलाई आरोपितहरूलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अधिकार प्राप्त हुन सक्छ ।

प्रतिक्रिया