भारी बर्षासँगै २२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
अखबार टुडे
प्रकाशित:
२०८०, १९ असार

काठमाडौं, १९ असार । देशका धेरै ठाउँमा भारी बर्षासँगै तीन जिल्लमा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज यी तीन जिल्लामा बाढीको उच्च जोखिम रहेको जनाएको हो ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पाल्पा र रुपन्देहीमा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । पाल्पा र रुपन्देहीको तिनाउ नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

यस्तै, अन्य १९ जिल्लामा पनि बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, गुलमी , अर्घाखाँची, कपिलवस्तु, दाङ र आसपास भइ बहने केही साना नदीहरुमा बाढी आउन सक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया