ट्वीटरमा नयाँ नियम : प्रयोगकर्ताले अब सिमित समाचार मात्र पढ्न पाउने
अखबार टुडे
प्रकाशित:
२०८०, १७ असार

काठमाडौं, १७ असार । ट्वीटरका मालिक एलोन मस्कले ट्वीट पढ्न पाउने सीमा तोकेको छ । मस्कले शनिबार एक पोष्ट सार्वजनिक गर्दै ट्विटरमा दैनिक सिमित मात्र समाचार पढ्न पाउने सीमा तय गरेको जानकारी दिएका हुन् ।

मस्कका अनुसार अब भेरिभाइड ट्वीटर अकाउन्टबाट दिनमा १० हजार वटा ट्वीट पढन पाइनेछ । यस्तै भेरिफाइड नभएका अकाउन्टबाट दिनमा एक हजार र नयाँ ट्वीटर अकाउन्टबाट दैनिक पाँच सयका दरले ट्वीट पढ्न पाइनेछ ।

मस्कले ट्वीट पढ्न पाउने संख्यालाई पटक पटक संशोधन गरेका छन् । शुरुमा शनिवार दिउँसो उनले भेरिफाइड अकाउन्टबाट दैनिक ६ हजार पोष्ट मात्र पढ्न पाइने बताएका थिए । त्यस्तै, अनभेरिफाइड अकाउन्टबाट प्रतिदिन ६ सय र नयाँ खाताबाट ३ सय वटा मात्रै ट्विट पढ्न पाइने उहाँको भनाइ थियो ।

तर केहीबेरमा अर्को ट्वीट गर्दै उनले भेरिफाइड अकाउन्टबाट ८ हजार, अनभेरिफाइड अकाउन्टबाट ८ सय र नयाँ प्रयोगकर्ताले ४ सय वटा मात्रै ट्वीट पढ्न पाउने उल्लेख गरे । अन्तमा मस्कले फेरी संशोधन गर्दै सो जानकारी दिएका हुन् ।

प्रतिक्रिया