आज श्री एअरलाइन्सका सबै उडान स्थगित
प्रकाशित:
२०८०, १७ असार

काठमाडौं, १७ असार । श्री एअरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । विभिन्न जहाजमा पटक पटक प्राविधिक समस्या देखिएपछि श्री एअरलाइन्सले आजका सबै उडान बन्द गरेको हो ।
आज सबै जहाजलाई ग्राउन्डेड गरेर राम्रोसँग जाँच गरी भोलिदेखि नियमित उडान शुरु गर्ने प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । आजको लागि टिकट काटेका यात्रुलाई अरु जहाजमा पठाउने र पैसा फिर्ता गर्ने पनि उनले जानकारी दिए ।
श्री एअरलाइन्ससँग अहिले ८ वटा जहाज रहेका छन् । हिजो पनि काठमाण्डौबाट धनगढी उडेको जहाज अवतरण नगरी पुन काठमाण्डौ नै फर्किएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
