पुनः कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकले घेरे ईपीएस कार्यालय
प्रकाशित:
२०८०, १० असार

काठमाडौं, १० असार । भाषा परीक्षा पास भए पनि लामो समयदेखि कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कार्यलयमा धर्ना दिएका छन् ।
कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनः जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन् ।
धर्नाको क्रममा झडपको अवस्था सिर्जना भएको छ । सरकारले कोरिया सरकारसँग वार्ता गरेर आफूहरुको माग सम्बोधन गर्नुपर्ने उनीहरुको माग छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
