साफ च्याम्पियनशिप : पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित
प्रकाशित:
२०८०, ६ असार
काठमाडौं, ६ असार । साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भारतको बेङ्गलोरस्थित कन्तिराभा रङ्गशालामा भएको खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको हो ।
पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा गोल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।
१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा २ आमन्त्रित टोली सहभागी छन् । आमन्त्रित टिमको रुपमा लेवनान र कुवेत छन् । श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन । अब नेपालले भारतसँग असार ९ र पाकिस्तानसँग असार १२ गते प्रतिस्पर्धा गर्ने छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार