त्रिविका उपप्राध्यापक प्रेम चलाउने प्रहरी नियन्त्रणमा
अखबार टुडे
प्रकाशित:
२०८०, ४ असार

काठमाडौं, ४ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । सरकारले आफूमाथि आक्रमण र हातपात गर्नेको मुद्दा फिर्ता लिएको भन्दै त्यसबिरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उनी पक्राउ परेका हुन् ।

चलाउनेले अदालतभित्र होहल्ला गरेपछि चलाउनेलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ । चलाउनेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते त्रिवि नेविसंघका अध्यक्ष हरि आचार्यको समूहले साङ्घातिक आक्रमण गरेका थिए । आफूमाथि आक्रमण गरेको भन्दै चलाउनेले आचार्य लगायतलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेका थिए । जस्मा विचाराधीन छ ।

मुद्दाको पेशी असार ५ गते तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको थियो । मुद्दा फिर्ता नलिन र आफूलाई न्याय दिन भन्दै चलाउने लगायत उनी पक्षधर ब्यक्तिहरु जिल्ला अदालत पुगेका हुन् ।

प्रतिक्रिया