बजार भाउ नपाएको भन्दै कालीमाटी बजारमा फ्याँकियो गोलभेंडा
अखबार टुडे
प्रकाशित:
२०८०, ३ असार

काठमाडौं, ३ असार । किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेंडा फालेर विरोध गरेका छन् । आफ्नो उत्पादनले लागतअनुसारको बजार भाउ नपाएको भन्दै गोलभेंडा फालेर विरोध गरेका हुन् ।

यतिबेला कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गोलभेंडाको थोक मूल्य ८ रुपैयाँ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकिएको छ ।

प्रतिक्रिया