मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त, वैरागी सुरक्षा सल्लाहकार
अखबार टुडे
प्रकाशित:
२०८०, ३२ जेष्ठ

काठमाडौं, ३२ जेठ । डा. वैकुण्ठ अर्याल नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।

त्यस्तै, हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ । तीन महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रतिक्रिया