नक्कली शरणार्थी प्रकरण : अदालतमा १६ जनाको बयान लिन शुरु
प्रकाशित:
२०८०, १२ जेष्ठ

काठमाडौं, १२ जेठ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । शुक्रवारबाट पक्राउ परेका १६ जनाको बयान लिन शुरु भएको हो ।
उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष बयान लिइनेछ । यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको छ ।
१४ जना अझै फरार छन् । बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ ।
नेपालीहरूलाई नक्कली भूटानी शरणार्थी बनाइ अमेरिका पठाउन खोज्ने ३० जनाबिरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उनीहरुले अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ।
प्रतिक्रिया
सम्बन्धित समाचार
