काठमाडौं, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शरणार्थी बनाइ अमेरिका पठाइदिने भनि विभिन्न व्यक्तिलाई ठगी गरेको प्रकरणमा ३० जनालाई पाँच किसिमको मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध ठगी, सरकारी कागजात किर्ते, राष्ट्रहितविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरमा कारबाही गर्न माग गरिएको छ । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।
यो प्रकरणमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, इन्द्रजित राई, बालकृष्ण खाण, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनाथ रिजाल, शमशेर मियाँ, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् ।
यस्तै, केशव तुलाधर, लक्ष्मी महर्जन, हरि भक्तत महर्जन, अशोक पोखरेल, धिरेन राई, दिपा हुमागाञी, निरज राई, राजेश अर्याल, मोहन राज राई, आिशष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरन्जन कुमार खरेल, सिुनल बुढाथोकी र प्रतिक थापा फरार छन् । उनीहरुलाई पनि प्रतिवादी बनाइएको छ ।