नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
प्रकाशित:
२०८०, १० जेष्ठ

काठमाडौं, १० जेठ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्री महतोले राष्ट्रपति रामचन्द्र पौडेलबाट र शिक्षा राज्यमन्त्री प्रमिलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिए ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले जसपाका महतोलाई वनमन्त्री र प्रमिलालाई शिक्षा राज्यमन्त्रीमा नियुक्त गरेका थिए । योसँगै प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
