हरिबहादुरको सफलतामा नेपालले कुन हिसाबले गर्व गर्ने ?
अखबार टुडे
प्रकाशित:
२०८०, ९ जेष्ठ
  • रुद्र ढकाल

बेलायत । अर्काको देशहरुबीच स्वार्थको लडाईंमा होमिँदा आफ्नो ज्यानकै अति सवबेदनशील तथा महत्वपूर्ण अंग गुमाएका ‘एक होनाहार शाहसी तथा अत्यन्तै बहादुर योद्दा’ नेपाल रोल्पाका हरीबहादुर बुढा मगर अहिले विश्वकै प्रेरणाको श्रोत बन्न सफल भएका छन् । किनकि, उनले कसैले आँट नै गर्न नसक्ने शारीरिक अपाङ्गताका बाबजूद संसारकै सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा चढेर दुनियाँलाई देखाए ।

मैले उनलाई यतिबेला धक फुकाएर नेपाली योद्दा भन्न र निर्धक्कसँग बृटिश नागरिक भनी उल्लेख गर्न अनकनाई रहेको छु । अनि उनलाई ज्यादै फितलो र सस्तो भाऊमा एक नेपाली नागरिकमात्र भन्न पनि हिच्किचाई रहेको छु । किनकि, मेरो मनमा यस्तो दोधारे बिचार आउनुको पछाडि धेरै कारणहरु छन् । त्यसैले मैले माथीको प्याराग्राफमा ‘एक होनाहार शाहसी तथा अत्यन्तै बहादुर योद्दा’मात्रै उल्लेख गरेको छु ।

यसको एउटा कारण, उनी यतिखेरसम्म विश्वकै साझा नागरिक भैसके । त्यसैले उनलाई यतिबेला संकुचित दृष्टिले एउटा देश– नेपाल मात्रको नागरिक भन्दा अन्याय होला । यतिमात्रै नभई अति सङ्कीर्ण सोचाईले भरिएको ‘अन्ध राष्ट्रबाद’को लान्छनासमेत लाग्न सक्ला ।

अर्कोतिर नेपालको अहिलेको उग्रराष्ट्रबादको दुर्गन्धित हावाले भरिएको ज्यादै संकुचित ‘नागरिकता ऐन’ले गर्दा पनि मैले उनलाई धक फुकाएर ‘एउटा नेपाली नागरिक हरीबहादुर बुढा मगरले सगरमाथाको उचाई नाप्यो’ भनेर खुला दिलले भन्न सकिन ।

किनकि, अहिलेकै कन्जुस नेपाली नागरिकता ऐनमा टेकेर कुनैपनि गैह्रआवासीय अर्थात् (जीडीएटडी) नेपालले हरिबहादुर जस्ता विश्वकै साझा गरीमालाई विश्वसामु धक फूकाएर ‘शाहसिलो बहादुर नेपाली’ भन्न सक्ने अबस्था छैन । उनले अफगानिस्तानको रणभूमिमा आफ्नो साथमा बोकेको आफ्नो पहिचान खुल्ने नेपाली नागरिकता या पासपोर्ट त यसै पनि गुमाए होलान्, तर त्यही बम बिष्फोटमा पर्दा आफ्नो कम्मर मुनीका दुवै खुट्टा गुमाउनु परेको थियो ।

यही अबस्थामा उनलाई सम्मान र सम्बोधन गर्न नेपाल सरकार पनि निकै हिचकिच गरिरहेको देख्न सकिन्छ । यस्तो लाजलाग्दो स्थिति देख्न र भोग्न परिरहेको हुनाले मेरो मनले पनि उनलाई बहादुर नेपाली भन्न अलिक धर्मराईरहेको अबस्था छ । किनभने, अहिले मेरो दिमागमा पनि नेपालका मानव तस्कर दलाल नेताहरुको कुतर्कले गर्दा एक किसिमको उग्र–राष्ट्रबादी सोच पलाइरहेको छ आम नेपालीको दिमागमा जस्तै ।

यसरी जबर्जस्ती मेरो टाउकोमा आफ्नो राष्ट्रकै अग्रज भनाउँदा नेताहरुले नै ‘उग्र–राष्ट्रबाद’को पोको थोपरी दिएको हुनाले र त्यसैको उग्र रेटोरिकल प्रभाव दिमागमा परिरहेको हुनाले आज मलाई पनि त्यसैको भूतले दिग्भ्रमित पार्दै गाँजिरहेको अबस्था छ ।

उनी बृटिश सेनामै भर्ना भएर अफगानिस्तानको लडाईं लडेका थिए वा निजि सुरक्षा ठेकेदारमार्फत त्यस लडाईंमा भाग लिएका थिए, मलाई खासै मतलब भएन । किनकि जुनै अर्थमा पनि उनी अर्काको देशको स्वार्थका लागि एक प्रोक्सी आर्मी या भाडाको सिपाहीको रुपमा अन्तर्राष्ट्रिय लडाईंमा भाग लिएका थिए ।

कुटनीतिक रुपले न अफगानिस्तान नेपालको दुश्मन थियो, न बेलायत नै । यो अर्थमा उनी एउटा प्रोक्सी भेटेरान मात्रै थिए या बेलायतको भाषामा ‘लीज’मा लिएको ‘नेपलीज गोर्खाज’ ।

जतिखेर उनले बृटिश सरकारको सहनेतृत्वमा भएको लडाईंमा पश्चिमा देशहरुको प्रतिनिधित्व गर्दै तिनीहरुको मिलिटरी बेशक्याम्प तथा दूताबासहरुलाई सुरक्षा (डिफेन्स) गरिरहेका थिए । यसै कारणले उनी तालिबानको तारो या टार्गेट या निशाना बनेका थिए । यसपछि उनलाई बृटिश सरकारले उपचार तथा राहत दिएको हुनुपर्छ । सायद अहिले अफगान भेटेरानको एक्स ग्रेसिया स्कीममा पनि परेकै होलान् ।

यहाँनेर एकदमै बिचारणीय कुरो के छ भने, यदि उनी बेलायतद्वारा अन्तर्राष्ट्रिय रुपमा छेडिएको अफगान युद्दमा नभई नेपालको कथित जनयुद्दमा यसरी घाईते भएका हुन्थे भने उनको दुरावस्था तत्कालीन नेपाली सेना तथा माओबादी सेनाको घाईते लडाकूहरुको भन्दा खासै फरक हुने थिएन ।

तर, जे होस् अफगान युद्दमा आफ्ना दुवै खुट्टा गुमाउनु परेतापनि उनलाई त्यस्तो गम्भीर प्रकृतिको अपाङ्गता नै बिर्साउने गरी बेलायत सरकारले उसको अति–आधुनिक मेडिकल प्रविधिको बुत्ताले भ्याएसम्म निःशुल्क उपचार गरेको हुनाले आज यतिको विश्व चर्चित हुने गरी सक्षम हुन पाए । नत्र, उनको ताल आम नेपाली अपाङ्गहरुको जस्तै हुन्थ्यो ।

तथापि, अहिले उनी दुई देशकै साझा प्रतिनिधि भइरहेका छन् । एउटा जन्मथलोको बलले, अर्को कर्मथलोको बुताले । जुन कुरा उनले सगरमाथा आरोहण गर्नु पहिले पोष्ट गरेको फेसबुकको एउटा डिजिटल ईमेजको ब्याकग्राउण्डमा धमिलो छायाँभित्र देखिएको दुवै देशको झण्डको दो–छायाँले देखाउँछ । तर, पनि राष्ट्रियताको पहिचान या नागरिकताको सवालमा उनीलाई र उनी जस्तै अरु गोर्खाली लाहुरेहरुलाई नेपालले कुन दृष्टिकोणले हेर्ला र कसरी तिनीहरुलाई आत्मस्वाभिमानको अपनत्व हुने गरी स्वदेशमा सम्मान गर्दै उभ्याउँला, त्यो भने अबको कानूनमा हेर्न बाँकी नै छ ।

सगरमाथाको सफल आरोहण गरेका हरीबहादुर बुढा मगरको यो सर्बोत्कृष्ट बिजयले यतिखेर ‘एक दिनको नेपाली, सदाको नेपाली’ भन्ने दोहोरो नागरिकताको जायज आवाजलाई जबर्जस्त ढंगले बुलन्द पारेको छ या एकपटक पुनः बल्झाएको छ । यसो भन्दै गर्दा के अहिलेको अबस्थाको नेपालको संकुचित नागरिकता सम्बन्धी कानूनको दृष्टिकोणले मात्रै हेर्ने हो भने नेपालले बृटिश सेनाको लाहुरे हरीबहादुर बुढा मगरको संसारलाई नै आश्चर्यचकित पार्ने यो बिजयीलाई हृदयदेखि नै गर्व गर्ने ठाउँ नै छैन र रहन्न पनि ।

त्यसोभए जन्मसिद्ध प्राकृतिक नागरिकको हिसाबले अहिलेकै अबस्थामा के स्थान या पहिचान पाएका छन् त उनी जस्ता मान्छेहरुले भन्ने कुरा रबि लामिछानेको नागरिकता प्रकरणबाटै स्पष्ट हुन्छ ।

अहिलेको अबस्थामा हरीलाई नेपालले आफ्नै एकलौटी नागरिक मात्रै मान्ला या आधा बृटिस आधा नेपाली (आ.बृ.आ.ने) या समान रुपले दुवै देशको साझा नागरिक मान्ला ? दोहोरो नागरिकता सम्बन्धी नेपालको वर्तमान संकुचित कानूनलाई च्यात्ने र फेर्ने बेला आएको छ । किनकि सारा –जीजीएटजी) नेपालीहरु तथा आम लाहुरेहरुको ब्याथा एउटै छ ।

मेरो बिचारमा उनी अब नेपाल र बेलायतको मात्रै साझा नागरिक नभई विश्वकै साझा नागरिक अनि एक होनहार अतुलनीय एबं अनुकरणीय व्यक्तित्व तथा विश्वका आम मानिसहरुका साझा प्रेरणाका श्रोत नै बनिसकेका छन् भन्ने लाग्छ ।

यो अर्थमा उनी अहिलेको विश्वकै प्रेरणाको श्रोत, सेलिब्रिटी आईकोन अर्थात् एक किसिमको विश्वकै साझा नागरिकजस्तै भइसकेका छन् । यो कुरालाई मनन् गर्ने हो भने अब नेपालले ढिला नगरी दोहोरो नागरिकतालाई सहजीकरण गर्नुपर्ने बेला आएको छ । तर, आफ्नै नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर बिदेशमा बेची खान पल्किएका भ्रष्ट दलाल सांसदहरुले यस्तो अति संवेदनशील अनि महत्वपूर्ण कुरालाई संसदमा सही र सकारात्मक तरिकाले उठाउने कष्ट गर्लान् त यो बेला ?

यतिबेला सगरमाथाको चुचुरोबाट हरीबहादुरले दिएको सन्देश उनकै शब्दमा उल्लेख गर्नुपर्दा “ीषभ ष्क बिि बदयगत बमबउतबतष्यल, ल्यतजष्लन ष्क ष्mउयककष्दभि” अंग्रेजीमा लेखिएको यो कुरो हाम्रा अन्धराष्ट्रबादी नेता र सारा युवा नेपालीले कतिको र कुन हिसाबले बुझ्लान् कुन्नी ? तर, परिवर्तनको सवालमा उनको यो भनाइ एकदमै मार्मिक, गहिरो र अर्थपूर्ण छ, जसरी सर एडमण्ड हिलारीले माउन्ट एभरेष्ट किन चढेको भनी प्रश्न गरी सोध्नेलाई सहज तरीकाले, किनकि ‘त्यो त्यहीं छ’ अर्थात् माउन्ट एभरेष्ट नेपालको त्यही अप्ठेरो स्थानमा छ भनेका थिए ।

अर्को प्रेरक प्रसंग– नेपाल भन्ने देशतिर आफूलाई सपाङ्ग र बलिया भनी घमण्ड गर्ने ठगहरु बिहानदेखि बेलुकासम्म ढलेको सिन्को नभाँची हात बाँधेर कुरा काट्दै बसिरहेका देखिन्छन् । धेरैले अरुको आशा र भरोशामा या अरुले केही दिएन भन्दै ईष्र्यामा जलेर बाँचिरहेका हुन्छन् ।

धेरै सपाङ्गहरुले आफूले यो संसारमा केही पनि गर्न सकेनौँ भन्दै आफ्नै जीन्दगीलाई धिकार्दै हरेश खाइरहेका देखिन्छन् । कयौं सपाङ्गले दुई चार मिनेट हिँड्न गाह्रोले मोटरसाइकल, गाडी आदि कुदाउँदै बातावरणलाई नै प्रदूषित पारिरहेका होलान् । अहिले यति बेलाको नेपालको सन्दर्भमा सग्ला हात–खुट्टा हुने कयौंले रातारात सजिलै अकूत धनसम्पति कमाउँला भन्दै लाजै नमानी कुख्यात मानव तस्करहरु तथा तिनका दलाली गर्ने ‘ग्याङ्ग मास्टर’ एजेन्ट नेताहरुको पछाडि झोला बोकेर कुदिरहेका होलान् किनकि तिनलाई यस्तै चटारो भएको देखिएको छ ।

तर, शारीरिक अपाङ्गताको नाउँमा दुवै खुट्टा नभएका हरिले जे भएपनि यत्रो कसैले सपनामा पनि आँट गर्न नसकेको शाहसी कदम चाल्दै दुनियाँको अगाडि विश्वको सर्बोच्च शिखर सगरमाथाको अप्ठ्यारो चुचुरोमा टेकेरै संसारलाई देखाउनु चानेचुने हुँदै हैन ।

साँच्चै भन्ने हो भने हरिको यो शाहसी कदमले आफूलाई विनाअर्थको सपांग हुँ भन्ने आम दुई–खुट्टे झोलेहरुलाई निकै गिज्याएको र लज्जित तुल्याएको हुनुपर्छ । अझै के के न पाउँछु भन्दै ‘भ्रष्टाचारी भिजन’ बोकेका दलाल नेताहरुको पछि लाग्ने र तिनका निगाहमा एक छाक भनेपनि मिठो खान पाइन्छ कि भनेर तिनका पछिपछि झोला बोकेर बुर्कुसी मार्दै दगुर्ने स्वाँठहरुलाई दुवै खुट्टाबिना नै सगरमाथाको टाकुरामा कुल्चने हरि मगरको यस शाहसिक कार्यले लज्जाबोध हुनेगरी गिज्याएको हुनु पर्दछ ।

यतिमात्रै हैन, सग्लो रुपमा हात खुट्टा हुनेहरुले यो या त्यो वहानामा आफ्नो जिन्दगी बदल्न सम्भवै छैन भनी आनाकानी गर्दै हातखुट्टा नचलाई बसिरहेको बेलामा उनको थट प्रोभोकिङ्ग भनाई– ीषभ ष्क बिि बदयगत बमबउतबतष्यल, ल्यतजष्लन ष्क ष्mउयककष्दभि ले धेरैको दिमागलाई घचघच्याएको हुनुपर्छ । किनकि यो आफैंमा निकै ओजिलो र अर्थपूर्ण छ । उनले जिन्दगी भनेकै आफूलाई समय र परिस्थितिलाई पचाउँदै जानु अनि त्यहीअनुसार आफूपनि बदलिँदै जानु हो या फेरिँदै जानु हो भन्ने कुरा आफैंले प्रमाणित गरेर संसारलाई देखाइदिए ।

तर, दोहोरो नागरिकाताको सवालमा नेपाल सरकारले उनको यस्तो लचिलो तर गहकिलो सन्देश बुझ्न सकिरहेको छैन । तर, दोहोरो नागरिकाताको सवालमा नेपाल सरकारले उनको यस्तो लचिलो तर गहकिलो ‘एडाप्ट’को संदेश बुझ्न सकिरहेको छैन । किनभने नेपाल सरकार आजसम्म दुई चार बर्ष बिदेशिएका आफ्नै नेपाली सन्तानहरु बंशजको हिसाबले पनि आफ्नै बायोलजिकल सन्ततिहरुलाई “एडोप्सन“ गर्न पनि हिचकिचाई रहेको अबस्था छ ।

तसर्थ, सग्ला हातखुट्टा भएकाले पनि यतिबेला केही काम गर्नका लागि आँट गर्ने बेला आएको छ । कुनै माखै मार्ने काम गर्न नसकेपनि यतिबेला कमसेकम नेपाल सरकारको कानून संशोधन गर्ने ठाउँमा पुगेका सांसदहरुले यस्ता गैह्रआवासीय नेपालीको बंशज नागरिकताको निरन्तरताको बाटोलाई कुनै कन्जुस्याईं नगरी खोली दिएपनि राम्रै हुन्थ्यो ।

ती सांसदहरु आफैंले कुनै उपलब्धी मूलक काम गर्न नसकेपनि विदेशमा गएर यसरी अंगभंग हुनेगरी ज्यानको बाजी थापेर काम गरी कमाइवरी नेपालका अल्छि ठग दलालहरु तथा नक्कली अपाङ्गहरुलाई पाल्नकै लागि आँट र शाहस गर्ने यस्ता बास्तविक श्रमजीवी नागरिकलाई कमसेकम दोहोरो नागरिकताको अधिकारसम्म दिएमा अब आइन्दा कुनैपनि सांसद या मन्त्रीले कुनै नेपालीलाई जबर्जस्ती यो भूटानी नै हो भन्दै संसारलाई हँसाउँदै किर्ते सिफारिस गरिरहनुपर्ने थिएन होला ।

-रुद्र ढकाल, हाल लिभरपुल, बेलायत ।

प्रतिक्रिया