१० दिन ध्यान गर्न नेपाल आएका आमिर खान अपर्झट भारत फर्किए
प्रकाशित:
२०८०, २९ बैशाख
काठमाडौं, २९ वैशाख । बलिउड अभिनेता आमिर खान विपाश्यनालाई बीचमा नै छोडेर स्वदेश फर्किएका छन् । १० दिन विपाश्यनाका आमिर आइतबार नेपाल आएका थिए ।
तर यसलाई बीचमा नै छोडेर उनी शुक्र बिहान इण्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । बुढानीलकण्ठस्थित विपाश्यना ध्यान केन्द्रका सुशील शाहले उनी ध्यानलाई बीचमा नै छोडेर स्वदेश फर्किएको पुष्टि गरेका छन् ।
मुम्बईबाट साथी बितेको खबर आएपछि आमिरले ध्यानलाई बीचमा नै छोडेर भारत फर्किएको बताइएको छ । उनको ध्यान सकिन अझै पाँच दिन बाँकी थियो । अर्को पटक परिवारसहित आउने इच्छा देखाउँदै आमिर भारत फर्किएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार