प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच के भयो कुराकानी ?
अखबार टुडे
प्रकाशित:
२०८०, १७ बैशाख

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन आग्रह गरेका छन् ।

त्यसमा लामिछाने सकारात्मक रहेको बताइएको छ । प्रधानमन्त्रीले चितवन २ बाट निर्वाचित लामिछानेलाई शुभकामना पनि दिएका थिए । रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्नेबारे छलफल गर्न सोमबार ११ बजे पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ । यस्तै रास्वपा को संसदीय दलको बैठक सोमबार दिउँसो तीन बजे बस्दै छ ।

प्रतिक्रिया