एसीसी प्रिमियर कप : उपाधिका लागि नेपाल र यूएई भिड्ने
अखबार टुडे
प्रकाशित:
२०८०, १६ बैशाख

काठमाडौं, १६ बैशाख । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएईबीच भीडन्त हुने भएको छ । शनिबार भएको कुवेतसँगको सेमिफाइनल खेल वर्षाले पूरा हुन नसकेपछि नेपाल फाइनलमा पुगेको हो ।

वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो । तर, डकवर्थ लुइस प्रणालीमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको थियो । जवाफमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेको थियो ।

नतिजा आउन कुवेतले कम्तीमा २० ओभर ब्याटिङ गर्न पथ्र्यो । ६ विकेट गुमाइसकेको अवस्थामा कुवेतलाई १ सय ९४ रन चाहिन्थ्यो । तर, थप खेल नभएपछि रद्द हुन पुग्यो र नेपाल समूह विजेताको आधारमा फाइलनमा पुगेको छ ।

समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अंक बटुलेको थियो । कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अंक बटुली उपविजेता बनेको थियो ।

यस्तै, अर्को सेमिफाइनल खेलमा पनि वर्षाले अवरोध पु¥याएपछि डकवर्थ लुइस प्रणालीमा अगाडि रहेका यूएई फाइनलमा पुगेको हो । डकवर्थ लुइसमा यूएईले ओमानलाई २ रनले हराएको हो । एसीसी प्रिमियर कपको फाइनल सोमबार हुनेछ ।

प्रतिक्रिया