सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश
प्रकाशित:
२०८०, ८ बैशाख

काठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतले तीन दिनभित्र सिंहदरबार क्षेत्रको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न आदेश दिएको हो ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएको थियो ।
मेयरको उक्त निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाडौं महानगरपालिकासहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
