२०८० सालको बैंक बिदाको सूची सार्वजनिक, कुन महिना कति दिन बिदा छ? (सूचीसहित)
प्रकाशित:
२०७९, ९ चैत्र

काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले २०८० सालमा बैंक तथा वित्तीय संस्थालाई दिने बिदाको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वैशाखदेखि चैतसम्म बैंक बन्द हुने सूची सार्वजनिक गरेको हो ।
२०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बिदालाई पनि क र ख गरी पूरा दिन र आधा दिनमा विभाजन गरेको छ । क वर्गको बिदामा पूरा दिन र ख वर्गको बिदामा आधा दिनमात्र बैंक तथा वित्तीय संस्था खुल्ने भनेको छ ।
जसमध्ये २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् । यस्तै दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित १५ दिन भने पूर्ण रुपमा बैंकिङ सेवा बन्द हुनेछ ।
हेर्नुहोसु सूचीः
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
