जहाजको ढोका रातभरि खुला राख्ने नेपाल एयरलाइन्सका दुई इन्जिनियर निलम्बनमा
प्रकाशित:
२०७९, ७ चैत्र

काठमाडौंं, ७ चैत्र । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई इन्जिनियर निलम्बनमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणले निगमका दुई इन्जिनियरलाई निलम्बन गरेको हो ।
उनीहरुलाई निलम्बन गरी आवश्यक छानविनसमेत अघि बढाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनकाअनुसार निगमका दुईजना एरोनटिकल इन्जिनियरले वाइडबडी जहाज १८ मार्चको रातभर ह्यांगरमा राख्दा ककपिटको ढोका खुला भएको पाइएपछि इन्जिनियरलाई ग्राउन्डेड गरिएको हो ।
जहाज अवतरण गरी पार्किङमा लगिसकेपछि ढोका राम्रोसँग बन्द भएको हुनुपर्ने र ढोका खुला हुँदा बाहिरबाट अनावश्यक व्यक्तिको प्रवेश हुनसक्ने तथा शंकास्पद वस्तु विमानमा राख्न सक्ने जोखिम हुने उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
