सुनको मूल्यमा नयाँ कीर्तिमान, आज २९ सयले बढ्यो
अखबार टुडे
प्रकाशित:
२०७९, ५ चैत्र

काठमाडौं, ५ चैत्र । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । यसअघि गत माघ १९ गते प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भई उच्च मूल्य रेकर्ड बनेको थियो ।

तर आज (आइतबार) सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आइतबार एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

गत शुक्रबार प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया