निलम्बनमा परे कृषि विश्वविद्यालयका डिन जयप्रकाश दत्त
अखबार टुडे
प्रकाशित:
२०७९, २ चैत्र

काठमाडौं, २ चैत । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ । जुम बैठकमा महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि उनी निलम्बनमा परेका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताए । उनले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए ।

प्रतिक्रिया