रक्सी खाएर अर्धनग्न भई सडकमा विवाद गर्ने प्रहरी जवान संजिवकुमार राय निलम्बित
प्रकाशित:
२०७९, २८ फाल्गुन

जनकपुरधाम, २८ फागुन । दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।
गत शुक्रबार सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडी सेवारी चेकजाँचको क्रममा विवाद गरेको र अर्धनग्न भई सडकमा दौडिरहेको भिडियो समाजिक संजालमा सार्वजनिक भएको थियो ।
सो घटना पश्चात प्रहरी जवान रायलाई निलम्बन गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार प्रहरीजवानसहित घटनामा संलग्न ६ जना व्यक्तिलाई समेत पक्राउ गरिएको छ । भिडियो फुटेजको आधारमा पहिचान गरी त्यस घटनामा संलग्न देखिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने डिएसपी सिंहले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
