भारतबाट एलपी ग्यास मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आयो
प्रकाशित:
२०७९, १७ फाल्गुन

काठमाडौं, १७ फागुन । भारतले खाना पकाउने एलपीजी ग्यासको मूल्य बढाएर पठाएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले बुधबार पठाएको नयाँ मूल्यसूची अनुसार एलपी ग्यासको मूल्य प्रतिलिसिन्डर ३३९ रुपैयाँले बढेर आएको हो ।
एलपीजी ग्यासको मूल्य ३३९ रुपैयाँले बढेसँगै खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । हाल नेपाल आयल निगमले प्रतिसिलिन्डर १८ सय रुपैयाँमा एलपी ग्यास बिक्री गर्दै आइरहेको छ ।
ग्यासबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य भने घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ भने डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ, हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
