कृषि विकास बैंकको सीइओमा गोविन्द गुरुङ नियुक्त
प्रकाशित:
२०७९, ७ फाल्गुन

काठमाडौं, ७ फागुन । स्वदेशी तथा विदेशी बैंकहरूको नेतृत्व गरिसकेका गोविन्द गुरुङ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त भएका छन् ।
यसअघि नेपालमा सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका गुरुङ पछिल्लो समय म्यानमारस्थित म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
म्यानमारबाट नेपाल फर्के लगतै गुरुङ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
पत्रकारिता पेशा हुँदै बैंकिङ क्षेत्रमा प्रवेश गरेका गुरुङ गीतकार समेत हुन् । राम्रो बैंकरको छवि बनाएका गुरुङले दर्जनौँ गीतसमेत लेखेका छन् । गुरुङले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सोमबार पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
