सरकारबाट बाहिरिने रास्वपाको निर्णय, आजै मन्त्रीहरुले राजिनामा बुझाउने
अखबार टुडे
प्रकाशित:
२०७९, २२ माघ

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।

बैठकपछि पत्रकार सम्मलेन गर्दै सभापति लामिछानेले सरकारबाट बाहिरिने निर्णय गरेको र पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार आजै नै रास्वपाबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री प्रचण्डलाई राजिनामा बुझाउने सभापति लामिछानेले जानकारी दिए । सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले सरकारदाई दिएको समर्थन भने यथावत रहेको सभापति लामिछानेले जानकारी दिएका छन् ।

प्रतिक्रिया