प्रहरी हिरासत तोडेर धनुषामा ६ थुनुवा फरार
अखबार टुडे
प्रकाशित:
२०७९, १६ माघ

जनकपुर, १६ माघ । धनुषामा ६ जना अभियुक्त फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ अभियुक्त फरार भएका हुन् ।

भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । फरार भएकाहरूको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया