बाजुरामा ५.९ म्याग्नेच्युडको भूकम्प, क्षतिको विवरण संकलन हुँदै
प्रकाशित:
२०७९, १० माघ

काठमाडौं, १० माघ । बाजुरामा ५.९ म्याग्नेच्युडको भूकम्प जाँदा केही घरहरू भत्किएका छन् ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन ।
यद्यपि बाजुरा, बझाङ लगायत जिल्लामा भूकम्पको धक्काबाट कतिपय भौतिक संरचना भत्किएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेका जानकारी दिएका छन् ।
भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
