सभामुखमा कांग्रेसबाट ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता
अखबार टुडे
प्रकाशित:
२०७९, ४ माघ

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।

यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा न्यौपानेलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यता, सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसकेका छन् । आज नै सवा चार बजे उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू बिहीबारको प्रतिनिधि सभा बैठकमा पेश हुनेछन् ।

कुल दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा एक सय ३८ सदस्यको आवश्यकता पर्नेछ ।

सभामुख चयनको कार्यक्रम सकिएपछि माघ सात गते उपसभामुख चयनका लागि निर्वाचन गर्ने तयारी सचिवालयले गरेको छ ।

प्रतिक्रिया