यस्तो छ नयाँ मन्त्रीहरूको वरीयता र कार्यविभाजन
अखबार टुडे
प्रकाशित:
२०७९, ३ माघ

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद् विस्तार गरेसँगै नियुक्त भएका नयाँ मन्त्रीहरुको वरीयतासमेत कायम गरिएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री बनेका छन् । तर मन्त्रिपरिषदले अझै पूर्णता पाउन सकेको छैन ।

युवा तथा खेलकुद र वन मन्त्रालय खाली छ। यी मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै हेर्ने गरी राखिएको छ । यी दुई मन्त्रालय सरकारलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई दिन राखिएको छ । जसपाले उपराष्ट्रपति पनि दाबी गरेको छ ।

राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रिपरिषदको वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बिष्णु पौडेल दोस्रो स्थानमा छन् भने भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन् । गृहमन्त्री रवि लामिछाने चौथो वरीयतामा छन् भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राजेन्द्र लिङ्देन पाँचौं स्थानमा छन् ।

यस्तै माओवादीबाट मन्त्री बनेकी रेखा शर्मा छैठौं स्थानमा छन् । राज्यमन्त्रीको बरियतामा सुशिला सिर्पाली ठकुरी अगाडि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की र राप्रपाका दिपकबहादुर सिंह क्रमशः दोस्रो र तेस्रो वरीयतामा छन् ।

यसतो छ नयाँ मन्त्रीहरुको वरीयता र कार्यविभाजनः

प्रतिक्रिया