मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २९ पुष

हेटौंडा, २९ पुस । मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित भलादमी चोकमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

बिहीबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरीको ज्यामिरेमा ना। ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटनाग्रस्त भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा परेर घाइते अवस्थामा भेटिएका तीनै जनाको उपचारको क्रममा मृत्यु भएको हो । उनले भने, ‘मोटरसाइकल यात्रीले खबर गरेपछि त्यहाँ पुग्दा घाइते अवस्थामा भेटिएका उनीहरुलाई लगत्तै अस्पताल पुर्याइएको थियो ।’

उनका अनुसार मृत्यु हुनेमा मनहरी–८ सिम्पानीका अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, ३२ वर्षीय मिलन मोक्तान र राक्सिराङ–३ लावती बस्ने अन्दाजी ३२ वर्षीय रुपेश तामाङ रहेका छन् ।

तीनैजनाको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया