मधेसको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७९, २७ पुष

जनकपुरधाम, २७ पुस । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आज (बुधबार) संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यादवले ६३ प्रदेशसभा सदस्यको समर्थनसहितको पत्र बुझाएका थिए । यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन गरेका छन् ।

मधेस प्रदेशसभामा कुल १०७ सांसद छन् । बहुमतको सरकार बनाउन कम्तीमा ५४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री यादवले पुस २९ गते पद तथा गोनीयताको शपथ ग्रहण गर्नेछन् ।

प्रतिक्रिया