रेसुंगा विमानस्थलमा आज डेमो उडान, नगरपालिकाले दियो बिदा
प्रकाशित:
२०७९, २४ पुष

काठमाडौं, २४ पुस । गुल्मीको रेसुंगा नगरपालिकाको कार्यालयबाट हुने सम्पूर्ण काम आज बन्द हुने भएको छ ।
नगरपालिकाले रेसुंगा विमानस्थलमा परीक्षण उडानको कार्यक्रम तय भएकोले आज नगर कार्यपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरेको हो ।
रेसुंगा विमानस्थलमा आज तारा एयरलाइन्सको ट्वीनअटर जहाजले डेमो उडान गर्दैछ । जहाजमा काठमाडौंबाट गुल्मीका जनप्रतिनिधिसहित उच्च अधिकारी जाने कार्यक्रम तय भएको छ ।
डेमो उडानका लागि पनि बिदा दिइएको भन्दै सामाजिक सञ्जालमा भने चर्को आलोचना भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
