काठमाडौं, १० पुस । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नयाँ सरकार गठंनका लागि एमाले–माओवादीबीच सहमति भएको छ ।
एमालेले नयाँ सत्ता समिकरणका लागि राष्ट्रपति आफूले लिने र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्वडलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।
बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।
बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने बताए । दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि छ ।