करण राई भए ‘भ्वाइस अफ सिजन-४’को विजेता
प्रकाशित:
२०७९, ८ पुष
काठमाडौं, ८ पुस । सांगीतिक टिभी रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–४ को उपाधि करण राईले जितेका छन् ।
बिहीबार राति सम्पन्न ग्राण्ड फिनालेका टप–४ मा परेकामध्ये करण भ्वाइसको उपाधि जित्न सफल भएका हुन् । उनले उपाधिसँगै २५ लाख नगद र विभिन्न उपाहार भएका छन् ।
प्रतियोगितामा फस्ट रनर अप सविना योङहाङ भएका छन् । सेकेण्ड रनरअप योगेन्द्र राई र थर्ड रनरअप साहिल लिम्बु भएका छन् । भ्याइसको यो चौथो सिजनमा राजेशपायल राई, प्रविशा अधिकारी, राजु लामा र प्रमोद अधिकारी कोच रहेका थिए ।
प्रतिक्रिया