गरिब जनताको जीवनस्तर सुधार गर्न भन्दै हाकिमले सरकारलाई दिए विश्वकपबाट पाएको सबै पैसा
प्रकाशित:
२०७९, ५ पुष

काठमाडौं, ५ पुस (एजेन्सी) । मोरक्कोका खेलाडी हाकिम जियसले विश्वकप खेलेबापत् आएको सम्पूर्ण रकम दान गरेका छन् । गरिब जनताहरूको जीवनस्तर सुधार गर्न भन्दै हाकिमले २ लाख ७७ हजार ५७५ डलर राष्ट्रलाई दिएका हुन् ।
मोरक्कोबाट आफूले पैसा लागि खेल नखेलेको उनको प्रतिक्रिया छ । उनले भने ‘मैले दिलैबाट राष्ट्रका लागि खेलेको हुँ । मेरो सहभागिता पैसाका लागि थिएन ।’
२९ वर्षीय हाकिम इंग्ल्याण्डको चेल्सी क्लबबाट व्यावसायिक फुटबल खेल्छन् । राष्ट्रिय टोलीबाट उनले सन् २०१५ देखि फुटबल खेल्दै आएका छन् । सन् २०२२ को विश्वकपमा मोरक्कोको सेमिफाइनल खेल्ने पहिलो अफ्रिकन राष्ट्र बन्यो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
