रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ४ पुष

काठमाडौं, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकमा सभापति लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

बैठकबाट लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको प्रवक्ता ढकालले बताए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ ।

आज बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।

प्रतिक्रिया