लगातार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित:
२०७९, २५ मंसिर

काठमाडौं, २५ मंसिर । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
