रोनाल्डोलाई किन्न साउदीका अल नासर क्लब इच्छुक
प्रकाशित:
२०७९, २१ मंसिर
काठमाडौं, २१ मंसिर (एजेन्सी) । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई किन्न साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएका छन् । कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार भएका हुन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार नासर रोनाल्डोको लागि २० करोड युरो खर्च गर्न तयार छ । उनले सम्झौता एक वर्षको गर्ने बताएको छ । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छोडेदेखि ‘फ्रि एजेन्ट’ छन् ।
पछिल्लो समय टोली व्यवस्थापक र प्रशिक्षक टेन हागसँग सम्बन्ध सुमधुर नभएपछि रोनाल्डोले क्लब छाडेका हुन् । गत समरमै क्लबले कीर्तिमानी ३०५ मिलियन युरो खर्च गर्न चाहेको थियो । तर, रोनाल्डोले त्यसमा कुनै सहमति जनाएनन् । हाल भने रोनाल्डो विश्वकपमा केन्द्रित छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार